शीर्षक छैन है

Posted: April 30, 2014 in Poems
Tags: ,

April 9 at 12:03am

एकादेशमा,
चन्द्र र सूर्यको भेट हुन्छ|
यस ब्रह्माण्डमा
एक अर्कासंग अनभिज्ञ भई
वर्षौं-वर्ष काटेका उनीहरुको
जीवनको अनमोल क्षण नै
उनीहरुको भेट हो रे!
थाहा पाउँछन् बिस्तारै,
एक बिना अर्कोको
अस्तित्व, शून्य|
अनि,
अग्निमा एउटा पलपल होमिनु नै
अर्कोको अस्तित्वको कारण हो रे,
तर पनि त अहम् भाव लिई
रातमा सूर्य उदाएको छ र?
अनि ऋणी ठानी आफुलाई
चन्द्र उदाउन छाडेको छ र?
एउटाको अस्तित्वलाई विशेष मान्दै
अर्कोको अस्तित्वलाई कहिले भुलाईएको छ र?
चन्द्र र सूर्य,
दुवै एकअर्काबाट भिन्न,
दिन र रातको प्रतिक,
उज्यालोको र अध्याँरोको प्रतिबिम्ब,
ताप र शीतलताको दाता,
उपस्थितिबोध नभएपनि
सदा उदाईरहने त्यो साझा आकाश
उनीहरुको घर,
हतार-हतारमा
कहिले पूर्णिमा,
कहिले औंसी,
कहिले ग्रहण-
पूर्ण कहिले त कहिले आंशिक|
यहि नै सत्य हो,
होइन?
यसरी नै जीवन चल्छ,
चल्दैन?
तर पनि,
किन आज सूर्य र चन्द्र उदास छन्?
किन जन्माइरहेछन् विविध भाव
जसले उनीहरुलाई
“स्वतन्त्र अस्तित्व” बनाउन उक्साइरहेछ?
के उनीहरुको सह-अस्तित्वमा
स्व-अस्तित्व छैन?
अनि निर्भर हुनु आज
“परनिर्भरता” मात्र किन?
-आश्मा गौतम
२०७०/१२/२५

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s