Untitled9

Posted: June 2, 2015 in Poems

एउटा सपनाको अन्त्यसँगै

जन्मिएका कैयन् सपनाहरुको पोखरीमा

डुबुल्की मार्दै ती साकार पर्ने अठोट गरिरहेको क्षण

म तिम्रा हातहरु आफ्नो हातबाट छुटाउनेछु

र उभिनेछु तिमीसँगै

खम्बा बनि

जसले तिमीलाई सम्हाल्ने छ!

रुख बनि

जसले तिमीलाई छहारी दिने छ!

छायाँ बनि

जसले तिमीलाई पछ्याउने छ!

र जब औँसीको रातमा

तिमी आफ्नै छायाँ पनि देख्न असमर्थ हुन्छौ,

तब पाउनेछौ मलाई

एउटा दीपित नक्षत्रको रुपमा|

अनि जब तिमी

सगरमाथारुपी सफलताको शिखरभन्दा

माथि उभिन्छौ,

तब म ती दर्शक-पङ्क्तिबाट

तिम्रा लागि थपडी बजाउने छु

हर्षले उन्मत्त भई,

अनि बिलिन हुनेछु

तिम्रा ती दृश्य-अदृश्य ‘शुभचिन्तक’ हरु भित्र|

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s