Untitled10

Posted: September 28, 2015 in Poems, Random Writings

कैयन् दशकहरुले कोरेका रेखाहरु प्रस्टै देखिने

ती छालाहरु

हाडसँग मिल्दै छन्, बिस्तारै बिस्तारै,

खुकुलो खुकुलो हुँदै,

लत्रिदै छन् बिस्तारै-

हातका, मुहारका छालाहरु|

कहिल्यै ओभाउँदैनन् अब आँखा,

मन खाली-खाली!

जीवन,

लामो, रित्तिदैँ

थोपा थोपा पानि जस्तै चुहुन्छ,

तर,

अदृश्य|

मुठीमा  राख्न खोज्दा समयलाई

छातिमा कँस्न खोज्दा सम्बन्धलाई,

फुत्कन्छ, चिप्लन्छ,

कहाँ-कहाँ!

समात्न नसक्ने पथमा कुद्दै गरेका ती मुहार हेर्दै

विवश ती आँखाहरु

चुहाउँछन् अनि मोतीहरु, ती अमूल्य पीडाका

अमूल्य जीवनका!

कुर्दै कुर्दै,

त्यो कुँजो शरीर

घस्री घस्री हिँड्छ कता-कता

खोज्दै छुटेका साथहरु,

पाउने आशामा,

दुखाउँदै हृदय,

गर्दै बिलाप,

खोज्दै त्यो बाटो

जो कैयन् मानिसहरु हिँडेका थिए, एक्लै छाडेर!

अनि भुल्दै,

ती परिचित मुहारहरु कतै कुर्दै होलान्

उसको आगमन!

-आश्मा

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s