Untitled11

Posted: November 1, 2015 in Poems
Tags:

मैले प्रत्यक्ष-अप्रत्यक्ष रुपमा देखेका ती
थर्थराइरहेका हातहरु,
वृद्ध शरीरको भार थाम्न नसक्ने
ती दुर्बल पाउहरु,
चुसेर फ्याँकेको हड्डी झैँ सुकेको लठ्ठीमा
पङ्क्तिबद्ध भै अडिएका ती चालहरु,
मलाई हरपल सोच्न बाध्य बनाउँछन्,
खोज्न तत्पर बनाउँछन् हराएको मानवता
र त्योसँग हराएका मानिसहरु|

यो सानो देशमा रहेका कैयन् ठाउँहरु,
जहाँका मानिस सिटामोलको अभावमा
यो उखरमाउलो गर्मीमा पनि चिसिन्छन्,
कहिँ जल र कहिँ जीवनजल नपाउँदा
प्यासले प्याक्-प्याक् सुकेका ती कोष-कोषहरुबाट
निचोरेर, बल्ल बल्ल एक थोपा आँसु चुहाउँदै
अन्तिम स्वास लिन्छन्,
जब पल-पल मातृ स्नेहबाट वन्चित ती शिशुहरु
अमृतको खोजिमा च्याँ-च्याँ रुन्छन्,
तब म मर्माहत भई
एक्लै-एक्लै
शब्दकोश चहार्न थाल्छु|

मेरो घरको भित्तामा झुण्डिएको रङ्गीन टेलिभिजनमा
र मेरै आँखाले देख्ने ती दृष्यहरुमा
दिनदिनै झल्काइने पीडाहरु,
मनुष्यत्वको हत्याको बर्बर उदाहरणहरु,
सुन्दर देशको थ्री-डी झलकहरुमा
शरीरले नसक्दापनि एथलेट बन्न बाध्य
यहाँका वासिन्दाहरु,
बनिदिन्छन् पात्रहरु, रङ्गमन्चको!
अनि म,
म यो नाट्यरुपी वास्तविकता हेर्दै
कहिले आक्रोशित हुन्छु,
कहिले पीडाले छट्पटाउँछु,
कहिले क्रोधको अग्निमा दन्दनी बल्दै
आँसुका धारासँगै सेलाउँछु,
एउटा दर्शकरुपी पात्रको भेषमा
विविध कथा सँगसँगै म हराउँछु..|

–आश्मा गौतम
२०७१/०४/०६

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s