पानी

Posted: April 4, 2017 in Poems

पानीको कुनै आकार हुँदैन
उसको निश्चित बास हुँदैन
जीवनभर बग्ने उसको कर्म
बग्दै-बग्दै,
रम्दै दौडिने धर्ती छोडी,
कहाँ पुग्छ कहाँ|

भन्छन्,
“उसको गन्तव्य सागर हो”
तर बाफ भै
सगरमा पनि त पुगेकै छ|
“ऊ जम्दा उसको आकार देखेनौ र?”
आगोले छुँदा पग्लिएकै छ|
बाफ भएर उडेपनी
बिछोडको भार सहन नसकी
धर्तीमा झरेकै छ|

पानीको कुनै आकार हुँदैन
उसको पो निश्चित बास हुँदैन|
तर
तिमी त मान्छे!
तिमीलाई पानी हुने अधिकार कसले दियो?

*********************

-आश्मा

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s