अन्तिम नमन

Posted: April 8, 2017 in Poems

लामो, अनिँदो, निसास्सिने रात पछि ब्यूँझदा,
तिमीलाई खोज्ने आँखा
भत्भति पोल्न थाल्छन्।

एक अञ्जुली चिसो सपना छ्याप्दै
सम्हाल्ने कोसिस गर्छु आफूलाई,
बुझाउने प्रयत्न पनि,
ऋतुसँगै बहने पवन हौ तिमी!
प्रेमको बाँधले कहाँ रोक्न सक्थ्यो र?
तिमी यात्री हौ!
अनि तिम्रो घर?
अनन्त यात्रा।
तिमी सूर्य,
अस्ताउनु तिम्रो कर्म हो।
म त केही क्षणको सहयात्री थिएँ,
तिम्रो न्यानोपनलाई राप सम्झी
जल्न तयार,
तिम्रो प्रेमको अग्निमा आफूलाई
आहुति दिन तयार।

आज,
यो फूल तिमीलाई- प्रेमको प्रतीक।
यो फूल तिमीलाई- सम्झनाको उपहार।
यो फूल तिमीलाई- मेरो अन्तिम नमन।photo-2

तस्बिर/शब्द: आश्मा गौतम

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s